इटालियन सिरी ए

लिसविरुद्ध मिलान विजयी

काठमाडौं ।  घरेलु टोली एसी मिलानले इटालिया सिरी ‘ए’ मा शनिबार लिसविरुद्ध ३-० को सहज जित निकालेको छ । 

घरेलु मैदान सान सिएरोमा मिलानलाई जित दिलाउन क्रिस्टियन पुलिसिक, ओलिभर जारुड र राफेल लियोले गोल गरे ।

जितसँगै ३१ खेलमा ६८ अंक जोडेको मिलान दोस्रो स्थानमा छ । पराजित लिस समान खेलबाट २९ अंकका साथ १३औं स्थानमा छ ।

खेलको छैटौं मिनेटमै पुलिसिकको गोलमार्फत मिलानले अग्रता लिएको थियो । उनले स्यामुयल चुक्वेजेको पासलाई पोस्टको दिशा दिए ।

यासिन अदलीको पासलाई सदुपयोग गर्दै २०औं मिनेटमा जिरुडले टोलीको अग्रता दोब्बर बनाए ।

४५औं मिनेटमा निकोला क्रिस्टोभिकले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि लिस १० खेलाडीमा समेटियो ।

५७औं मिनेटमा लियोले गोल गर्दै मिलानलाई ३-० को जित दिलाए । यस पटक पनि अदलीले नै गोलको अवसर सिर्जना गरे ।