जर्मन बुन्डेसलिगा

अग्रता जोगाउन नसक्दा बायर्न पराजित

काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा जर्मन बुन्डेसलिगामा शनिबार बायर्न म्युनिख घरेलु टोली हाइडेनहाइमसँग ३-२ ले पराजित भएको छ ।

घरेलु मैदान भोइथ एरिनमा हाइडेनहाइमलाई जित दिलाउन टिम क्लेनडाइन्स्टले दुई र केभिा सेसाले एक गोल गरे । बायर्नका लागि ह्यारी केन र सर्ज जिनाब्रीले गोल गरे ।

जितसँगै २८ खेदमा ३३ अंक जोडेको हाइडेनहाइम १०औं स्थानमा उक्लिएको छ । पराजित बायर्न समान खेलबाट ६० अंकका साथ दोस्रो स्थानमा यथावत छ । 


खेलको ३८औं मिनेटमा क्यानको गोलमार्फत बायर्नले अग्रता लियो । पहिलो हाफको अन्तिम समयमा जिनाब्रीले टोलीको अग्रता दोब्बर बनाए ।

सेसाले ५०औं मिनेटमा गोल गर्दै खेललााई २-१ को स्थितीमा ल्याए । एक मिनेटपछि नै क्लेनडाइन्स्टले गोल गरेपछि हाइडेनहाइम २-२ को बराबरीमा आयो ।

७९औं मिनेटमा क्लेनडाइन्स्टले ब्यक्तिगत दोस्रो गोल गर्दै हाइडेनहाइमलाई ३-२ को रोमाञ्चक जित दिलाए ।