इङ्लिस प्रिमियर लिग

सिटीले क्रिस्टल प्यालेसलाई हरायो

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेमाथि ४-२ को जित दिर्ता गरेको छ ।

सेलहर्टस पार्कमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुयनाले दुई तथा रिको लुइस र एर्लिङ हालान्डले समान एक गोल गरे । क्रिस्टलका लागि जिन फिलिप माटेटा र ओडसन एडुवार्डले गोल गरे । 

जितसँगै ३१ खेलमा ७० अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल समान खेलबाट ३० अंकका साथ १४औं स्थानमा छ ।

खेलको तेस्रो मिनेटमा माटेटाको गोलमार्फत क्रिस्टलले अग्रता लिएको थियो । क्रिस्टलको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । १० मिनेटपछि नै डी ब्रुयनाले खेललाई बराबरीमा ल्याए ।

४७औं मिनेटमा लुइस्ले गोल गर्दै सिटीलाई २-१ ले अगाडि बढाए । ६६औं मिनेटमा हाल्यान्डले टोलीका लागि तेस्रो गोल गरे ।

चार मिनेपछि डी ब्रुयनाले ब्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ४-१ को अग्रता लियो । निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा एडुवार्डले गोल गरेपछि  खेल ४-२ को स्थितीमा सकियो ।