स्पेनिस ला लिगा

बार्सिलोनाबाटै खेल्ने कान्सेलोको इच्छा

काठमाडौं ।  पोर्चुगिज रक्षक जाआओ कान्सेलोले अगामी सिजन पनि बार्सिलोनबाटै खेल्ने इच्छा ब्यक्त गरेका छन् ।

सन् २०२३ मा कान्सेलोलाई बार्सिलोनाले इङ्लिस क्लब म्यानचेस्टर सिटबाट एक सिजनका लागि लोनमा भित्र्याएको थियो । उनले बार्सिलोनका लागि २४ स्पेनिस ला लिगा खेलमा दुई गोल गरेका छन् ।

बार्सिलोन जानुअघि कान्सोलोले जर्मन क्लब बायर्न म्युनिखका लागि एक सिजन लोनमा खेलेका थिए । सन् २०१९ मा इटालियन क्लब युभेन्ट्सबाट सिटी भित्रिएका कान्सेलोले ९८ प्रिमियर लिग खेलमा पाँच गोल गरेका छन् ।