वानिन्दु हसरंगा

हसरंगाले आइपिएल गुमाउने

काठमाडौं । श्रीलंकन बलर वानिन्दु हसरंगाले इन्डियन प्रिमियर लिग (आएपिएल) गुमाउने भएका छन् ।

गोलीगाँठामा लागेको चोट निको नभएकाले हसरंगा आइपिएलका लागि उपलब्ध हुन नसक्ने श्रीलंकन क्रिकेट बोर्डले बताएको छ । हसरंगालाई सनराइजर्स हैदराबादले १ करोड ५० लाख भारतीय रुपैयाँ अनुबन्ध गरेको थियो ।

उनले जारी सिजनमा एक खेल पनि खेलेका थिएनन् । हैदराबाद चार खेलमा समान दुई जित र हारको नतिजासहित चार अंकका साथ पाँचौं स्थानमा छ । 

बंगादेशविरुद्धको टेस्ट शृंखलाअघि अभ्यासका दौरान हसरंगा घाइते भएका थिए ।