चैत्र १३, २०८२ शुक्रबार | १९:५५:२५
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

तिर्थलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

म्याराथनका विजेता, तस्विरः मनोरञ्जन शर्मा

रुपन्देही। लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधी बाग्लुङका तिर्थ पुनले जितेका छन् ।

तिर्थले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।

२ घण्टा २१ मिनेट ११ सेकेको समय निकाल्दै नेपाली सेनाका खड्कबहादुर खड्काले दोस्रो स्थान हासिल गरे । उनले  ३ लाख रुपैयाँ पाए ।

हुम्लाका दुर्गाबहादुर बुढा २ घण्टा २२ मिनेट ४६ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे । उनले २ लाख रुपैयाँ पाए । चौथो स्थानमा रहेका अनिगा थापाले १ लाख रुपैयाँ प्राप्त गरे ।

किरण बोगटी पाँचौं, सुशिलकुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरेले दशौं स्थान हासिल गरे । पाँचौं देखि १० औं स्थानमा रहनेले क्रमशः ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयाँ हात पारे ।  

यसैगरी महिला हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनिन् । सन्तोषीले निर्धारित २१.१ किमि दूरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गरिन् ।

महिला हाफ म्याराथनका विजेता, तस्विरः मनोरञ्जन शर्मा

नेपाली सेनाकी पुर्णराज्य लक्ष्मी न्यौपानेले १ घन्टा १९ मिनेट २१ सेकेन्डका साथ दोस्रो स्थान हासिल गरिन् । एपिएफकी पुस्पा भण्डारी १ घन्टा २५ मिनेट १४ सेकेन्डमा निधारित दूरी पार गदै तेस्रो स्थानमा रहिन्  ।

शीर्ष तीनले क्रमश २ लाख, १ लाख ६० हजार र १ लाख रुपैयाँ प्राप्त गरे ।

 ५ किलोमिटरको विद्यालय छात्रा तर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्धितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ उमेश बराई, सन्देश पाण्डे र आशिषकुमार क्षेत्री शीर्ष तीनमा रहे ।

यसैगरी  खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्धितीय र गणेश सिंह राउत तृतीय भए । उक्त स्पर्धाको महिला र्फ सिर्जना पाण्डे प् आशा राउत र निर्मला केसी शीषै तीनमा रहे । ५ किलोमिटरको सबै विधामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः १५, १० र ५ हजार रुपैयाँ प्राप्त गरे ।

खुल्ला पुरुष ५ किमि दौडका विजेता, तस्विरः मनोरञ्जन शर्मा

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, चिनियां राजदुत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार प्रदान गरे ।

नेपाल ओलम्पिक कमिटिको मुल आयोजना तथा नेपाल स्थित चिनियादुताबास, लुम्बिनी बिकास कोष, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी प्रदेश खेलकुद परीषदको सहकार्यमा प्रतियोगिता भएको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो