स्पेनिस ला लिगा

बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौं । रोबर्ट लेवान्डोस्कीको सानदार प्रदर्शनप्रेरित क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–० ले हराउँदै बार्सिलोनाले जिरोनालाई पछि पारेको हो ।

समान २९ खेलबाट बार्सिलोना ६४ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियाल मड्रिडको ७२ र तेस्रो स्थानको जिरोनाको ६२ अंक छ । पराजित एट्लेटिको ५५ अंकसहित पाँचौ स्थानमा रह्यो ।

बार्सिलोनाको जितमा लेवान्डोस्कीले एक गोल गर्नुका साथै तीन असिष्ट गरेका थिए । भ्रमणकारी टोलीका प्रशिक्षक जाभी होर्नान्डेजले खेलको ४२औं मिनेटमा रातो कार्ड सामना गरेका थिए । बार्सिलोनाले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेका हो ।

खेलको ३८औं मिनेटमा जोआओ फेलिक्सले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरे । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटै राफिन्हाको पासमा लेवान्डोस्कीले अग्रता २–० को बनाएका हुन् । फेर्मिन लोपेजले लेवान्डोस्कीकै पासमा ६५औं मिनेटमा अग्रता ३–० को बनाउँदै सहज जित दिलाएका हुन् ।

खेलको इन्जुरी समयमा नाहुइल मोलिनाले रातो कार्ड पाउँदा एट्लेटिको दश खेलाडीमा सिमित भएको थियो ।