फ्रेन्च लिग वान

एम्बाप्पेको ह्याट्रिक

काठमाडौं । फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिक प्रेरित पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वानमा मोन्टपेलिअरलाई ६–२ ले हराएको छ ।

सोमबार राति पिएसजीको जितमा एम्बाप्पेले ह्याट्रिक गरेका थिए । भिटिन्हा, ली कान इन र नुनो मेन्डिसले समान एक गोल गरेका हुन् ।

जितपछि पिएसजीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको  छ । २७ मध्ये १७ खेल जितेको पिएसजी ५९ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको ब्रेष्टको ४७ अंक छ । पराजित मोन्ट भने २६ अंकसहित १४औं स्थानमा रह्यो ।

पिएसजीको जितमा एम्बाप्पेले २२, ५० र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलको पहिलो हाफ २–२ को बराबरी भएपछि दोस्रो हाफमा पिएसजीले प्रभावशाली प्रदर्शन गरेको थियो ।