इटालियन सिरी ए

इन्टर र नापोलीको बराबरी

काठमाडौं । इटालियन सिरी ए मा इन्टर मिलान र नापोलीले १–१ को बराबरी खेलेका छन् ।

सोमबार राति बराबरीसँगै शीर्ष स्थानको इन्टरले अंक दूरी बढाउने अवसर गुमाएको छ । हाल इन्टरले शीर्ष स्थानमा १४ अंकको अग्रता बनाएको छ ।

२९ खेलबाट २४ जित, चार बराबर र एक हारसहित उसको ७६ अंक छ । दोस्रो स्थानको एसी मिलानको ६२ अंक छ । ४५ अंकको नापोली सातौं स्थानमा छ ।

खेलमा अग्रता इन्टरले नै बनाएको थियो । ४३औं मिनेटमा माटेओ डार्मिअनले १–० को अग्रता बनाए । खेल सकिन ९ मिनेटअघि जुआन जेसुसले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।