धादिङ जिल्ला लिग

धादिङ जिल्ला लिगको दुबै सेमिफाइनल आज

काठमाडौं । धादिङ जिल्ला लिगअन्तर्गत आज (सोमबार) दुबै सेमिफाइनल खेल आयोजना हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को ४५ सदस्य जिल्ला मध्ये धादिङले दशौं एन्फा लिग आयोजना गरिरहेको छ ।

पुरानो धार्केमा रहेको मैदानमा हुने पहिलो सेमिफाइनल खेल दिउसो साढे १ बजे सुरु हुनेछ । पहिलो सेमिफाइलनमा भद्रकाली सामुदायीक विकास समाज र गलौदी युवा क्लब गजुरीबीच प्रतिस्पर्धा हुँनेछ ।

३ बजे हुने दोस्रो सेमिफाइनलमा धुनीवेशी युवा समाज र ब्वाइज युनाइटेड नीलगण्ठ आमुनेसामुने हुनेछन् ।

प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएर प्रतियोगिता आयोजना भएको हो ।

मंगलबार हुने फाइनल खेलको विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार र सेमिफाइनलमा पुगेका दुबै टोलीले समान २५ हजार प्राप्त गर्नेछन् ।