कँडेल कन्सल्टेन्सी कप

कँडेल कन्सल्टेन्सी कप शनिबार र आइतबार हुने

सांकेतिक तस्विर

काठमाडौं ।अस्ट्रेलियाको मेलबर्नस्थित यती फुटबल क्लबले वार्षिक रुपमा आयोजना गर्दै आएको कँडेल कन्सल्टेन्सी कप यही शनिबार र आइतबार (मार्च ९ र १०) तारिखमा मेलबर्नको डारेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा हुने भएको छ ।

प्रतियोगिताको १३ औं संस्करणमा खुल्लातर्फ २४ र ३५ भन्दामाथिको उमेर समुहमा १५ टोलीले सहभागिता जनाउने छन् ।

अस्ट्रेलियामा नेपाली समुदायबीच हुने प्रतियोगिताका लागि क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, डार्विन र एडिलेडका क्लबहरु मेलबर्न आउने आयोजकले बताएको छ ।

प्रतियोगितामा खुल्लातर्फको विजेताले १२ हजार र उपविजेताले ४५०० अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । यसैगरी ३५ भन्दा माथिको उमेर समुहमा विजेतालाई २५०० र उपविजेतालाई १०० अस्ट्रेलियन  डलर प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र उच्च गोलकर्ता र फेयर प्ले अवार्ड प्राप्त गर्ने टोलीले समान २०० अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् ।

अस्ट्रेलियामा पहिलो पटक एकै प्रतियोगितामा पाँच जना नेपाली रेफ्रीले खेल संचालन गर्नेछन्। अन्तर्राष्ट्रिय खेलमा समेत निर्णायक भूमिका निर्वाह गरिसकेका प्रकाश श्रेष्ठ र सुदिश पाण्डेका साथै रेफ्री प्रजेश अमात्य, सपन बस्नेत र अमृत कुमार श्रेष्ठले खेल संचालन गर्नेछन्।

प्रतियोगिताको संयोजकमा क्लबका उपाध्यक्ष सज्जन शर्मालाई नियुक्त गरिएको छ।