स्पेनिस ला लिगा

बेलिङघममाथि दुई खेलको प्रतिबन्ध

काठमाडौं ।  रियाल मड्रिडका मिडफिल्डर जुड बेलिङघममाथि दुई खेलको प्रतिबन्ध लागेको छ । बेलिङघमले भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्डको सामना गरेका थिए ।

बेलिङघमको प्रतिबन्ध स्पेनिस ला लिगाका खेलमा मात्र हुनेछ । उनी च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा आरबी लाइपजिगसँग भने खेल्न पाउनेछन् ।

रियालले बेलिङघक रातो कार्डविरुद्ध अपिल गरेको थियो । तर ला लिगाको अनुशासन कमिटिले रियालको अपिललाई खारेज गरिदिएको थियो ।

बेलिङघमले सेल्टा भिगो र ओसासुनाविरुद्धको खेल गुमाउने छन् ।