चैत्र ६, २०८२ शुक्रबार | १४:४४:५२
विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई

सद्भाव शीर्ष स्थानमा कायम

फाइल तस्विर

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन बुधबार तीन स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा कायम  छन् ।

रोयल नेपाल गल्फ क्लबमा तेस्रो दिन साविक विजेता युवा गल्फर सद्भावले ४-अन्डर ६४ को प्रदर्शन गर्दा समग्रमा ७-अन्डर १९७ सहित पूर्व नम्बर एक गल्फर रवि खड्कालाई पछि पारे। रविले आज ३-अन्डर ६५ स्कोर बनाए । उनी समग्रमा ४-अन्डर २०० सहित दोस्रो स्थानमा उक्लिएका छन् ।

भुवन नगरकोटीले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार पार्ने क्रममा ५-अन्डर ६३ स्कोर गरे । समग्रमा ३-अन्डर २०१ सहित तेस्रो स्थानमा उक्लिएका छन् । धनबहादुर थापाले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा २-अन्डर २०२ सहित चौथो स्थानमा झरेका छन् ।

भेट्रान प्रो दीपक मगरले ३-अन्डर ६५ मा तेस्रो दिनको खेल सकाएका छन् । उनी समग्रमा इभन-पार २०४ को नतिजामा पाँचौ स्थानमा उक्लिएका छन्। समग्रमा २-ओभर २०६ सहित सञ्जय लामा छैटौं स्थानमा छन् । उनले आज १-अन्डर ६७ मा खेल सकाए ।

आज ४-अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३-ओभर २०७ सहित विष्णु प्रसाद शर्मा सातौं स्थानमा उक्लिएका छन् । एमेच्योर टासी छिरिङ र प्रो रामे मगर समग्रमा ४-ओभर २०८ सहित आठौं स्थानमा छन् । टासीले आज २-अन्डर ६६ मा खेल सकाएका हुन् । उनी एमेच्योरतर्फ‌ दोस्रो स्थानमा छन् । पहिलो दिनका लिडर रामेले आज ५-ओभर ७३ को खराब प्रदर्शन गरे ।

समग्रमा ५-ओभर २ सय ९ सहित भुवन कुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतिले १०औं स्थान बाँडे। भुवनले ४-अन्डर ६४, जयरामले ३-ओभर ७१ र दिनेशले ५-ओभर ७३ मा खेल सकाए।

उपाधि रक्षा गर्ने लक्ष्यमा रहेका सदभावले पहिलो होलमा नै ओबी प्रहार गर्दै सो होलमा बोगी खेपे। तर उनले उत्कृष्ट पुनरागमन गरे। दोस्रो होलमा बर्डी र ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि पाँचौं होलमा एक सट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए।

यसपछि १३औं होलको बोगीका विरूद्ध १०औं, १५औं र १८औं होलमा बर्डीको‌ सफलता सहित सदभावले ब्याक नाइन २–अन्डर ३२ मा नै पुरा गरे। अन्तिम १८ होलको खेल बाकी छँदा करियरको तेश्रो उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन्।

रविले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन २-अन्डर ३२ मा सकाए। उनले चौथो, १३औं, १४औं र १६औं होलमा चार बर्डी प्रहार गरे भने १२औं होलमा एक सट खेर फाले।

भुवनले लोभलाग्दो सुरूवात गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए‌। पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र १७औं होलमा पनि एक-एक सट बचाए भने १८औं होलमा बोगीको सामना गरे।

धनले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन १-ओभर ३५ मा‌ पुरा गरे। उनले तेस्रो, आठौं र १३औं होलमा बर्डी प्रहार गर्दा चौथौं, १७औं र १८औं होलमा एक-एक सट खेर फाले।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो