पुस २०, २०८२ सोमबार | ०८:११:४६
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि

सद्भाव शीर्ष स्थानमा कायम

फाइल तस्विर

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन बुधबार तीन स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा कायम  छन् ।

रोयल नेपाल गल्फ क्लबमा तेस्रो दिन साविक विजेता युवा गल्फर सद्भावले ४-अन्डर ६४ को प्रदर्शन गर्दा समग्रमा ७-अन्डर १९७ सहित पूर्व नम्बर एक गल्फर रवि खड्कालाई पछि पारे। रविले आज ३-अन्डर ६५ स्कोर बनाए । उनी समग्रमा ४-अन्डर २०० सहित दोस्रो स्थानमा उक्लिएका छन् ।

भुवन नगरकोटीले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार पार्ने क्रममा ५-अन्डर ६३ स्कोर गरे । समग्रमा ३-अन्डर २०१ सहित तेस्रो स्थानमा उक्लिएका छन् । धनबहादुर थापाले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा २-अन्डर २०२ सहित चौथो स्थानमा झरेका छन् ।

भेट्रान प्रो दीपक मगरले ३-अन्डर ६५ मा तेस्रो दिनको खेल सकाएका छन् । उनी समग्रमा इभन-पार २०४ को नतिजामा पाँचौ स्थानमा उक्लिएका छन्। समग्रमा २-ओभर २०६ सहित सञ्जय लामा छैटौं स्थानमा छन् । उनले आज १-अन्डर ६७ मा खेल सकाए ।

आज ४-अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३-ओभर २०७ सहित विष्णु प्रसाद शर्मा सातौं स्थानमा उक्लिएका छन् । एमेच्योर टासी छिरिङ र प्रो रामे मगर समग्रमा ४-ओभर २०८ सहित आठौं स्थानमा छन् । टासीले आज २-अन्डर ६६ मा खेल सकाएका हुन् । उनी एमेच्योरतर्फ‌ दोस्रो स्थानमा छन् । पहिलो दिनका लिडर रामेले आज ५-ओभर ७३ को खराब प्रदर्शन गरे ।

समग्रमा ५-ओभर २ सय ९ सहित भुवन कुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतिले १०औं स्थान बाँडे। भुवनले ४-अन्डर ६४, जयरामले ३-ओभर ७१ र दिनेशले ५-ओभर ७३ मा खेल सकाए।

उपाधि रक्षा गर्ने लक्ष्यमा रहेका सदभावले पहिलो होलमा नै ओबी प्रहार गर्दै सो होलमा बोगी खेपे। तर उनले उत्कृष्ट पुनरागमन गरे। दोस्रो होलमा बर्डी र ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि पाँचौं होलमा एक सट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए।

यसपछि १३औं होलको बोगीका विरूद्ध १०औं, १५औं र १८औं होलमा बर्डीको‌ सफलता सहित सदभावले ब्याक नाइन २–अन्डर ३२ मा नै पुरा गरे। अन्तिम १८ होलको खेल बाकी छँदा करियरको तेश्रो उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन्।

रविले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन २-अन्डर ३२ मा सकाए। उनले चौथो, १३औं, १४औं र १६औं होलमा चार बर्डी प्रहार गरे भने १२औं होलमा एक सट खेर फाले।

भुवनले लोभलाग्दो सुरूवात गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए‌। पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र १७औं होलमा पनि एक-एक सट बचाए भने १८औं होलमा बोगीको सामना गरे।

धनले फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन १-ओभर ३५ मा‌ पुरा गरे। उनले तेस्रो, आठौं र १३औं होलमा बर्डी प्रहार गर्दा चौथौं, १७औं र १८औं होलमा एक-एक सट खेर फाले।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA