काराबाओ कप

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो उपाधि

काठमाडौं । कप्तान भर्जिल भान डाइकको निर्णायक गोलमा चेल्सीलाई १–० ले हराउँदै काराबाओ कपको उपाधि लिभरपुलले जितेको छ ।

आइतबार राति वेम्बलीमा भएको फाइनल खेलमा भान डाइकले खेलको ११८औं मिनेटमा हेडर गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयको पुगेको थियो । पेनाल्टी सुटआउटतर्फ बढेको खेल सकिन दुई मिनेटअघि भान डाइकले निर्णायक गोल गरेका हुन् ।

योसँगै यसै सिजनको अन्त्यमा क्लब छाड््ने घोषणा गरेका जर्गेन क्लोपको सुखद् विदाई भएको छ । यता, मौरिसिओ पोचेटिन्होको लागि दुखद् रह्यो । उनी वेम्बलीमा लगातार चार फाइनल हारिसकेका छन् ।