स्पेनिस ला लिगा

मोड्रिकको निर्णायक गोलमा मड्रिड विजयी

काठमाडौं । अनुभवी मिडफिल्डर लुका मोड्रिडकको निर्णायक गोलमा रियाल मड्रिडले आइतबार राति सेभियालाई १–० ले हराएको  छ । यो जितसँगै रियालले ला लिगामा आठ अंकको अग्रता बनाएको छ ।

रियालले २६ मध्ये २० खेल जितेर ६५ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ५७ अंक छ । खराब लयलाई निरन्तरता दिएको सेभिया २४ अंकसहित १५औं स्थानमा छ ।

घरेलु मैदानमा रियालले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा लुकास भाज्क्वेजले गोल गरेपनि त्यसलाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन ।

खेलको ८१औं मिनेटमा मोड्रिकले विजयी गोल गरेका हुन् । त्यसपछि मात्रै सान्तियागो बर्नाबेउमा ७५ हजार समर्थकमाझ खुसीयाली छाएको थियो ।