एमबाप्पेले रियालसँग सम्झौता गरिसकेको दाबी

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ( पिएसजी) का फरवार्ड केलिन एमबाप्पेले स्पानिस क्लब रियाल मड्रिडसँग सम्झौता गरिसकेको स्पेनिस पत्रिका मार्काले दाबी गरेको छ ।

मार्काका अनुसार फ्रान्सका एमबाप्पेले रियालसँग गोप्य रुपमा पाँच वर्षको सम्झौता गरिसकेका छन् । यसैगरी डेली मेल स्पोर्टसले यसबारेमा एम्बाप्पेले पिएसजी र रियाल दुवैलाई जानकारी नगराएको जनाएको छ ।

मार्काले दाबी गरे अनुसार एमबाप्पेले रियालमा १ करोड ५० लाख देखि २ करोड युरोसम्म कमाउनेछन् र यसमा बोनस पनि थपिनेछ ।

एमबाप्पे र रियालबीच केही हप्ताअघि नै गोप्य रुपमा सहमति भएको र यसका लागि क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको नजिक रहेका जोस एल्जल सान्चेजको प्रमुख भूमिका रहेको मार्काले जनाएको छ ।

रियलले लामो समयदेखि एमबाप्पेमाथि नजर राखिरहेको थियो भने एमबाप्पेले पनि रियल जान चाहिरहेका थिए । केही समयअघि एमबाप्पेले पिएसजी छाड्न चाहेकोखबर समेत बाहिरिएको थियो ।

यदी एमबाप्पे रियालमा अनुबन्ध भए उनी क्लबका धेरै कमाउने खेलाडी हुनेछन् । अहिले जुड बेलिङघम रियालमा सर्वाधिक कमाइ गर्ने खेलाडी हुन् ।