नेत्रहीन क्रिकेट प्रतियोगिता

नेत्रहीन क्रिकेटः बर्दिया फाइनलमा

बाँके । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनमा बाँके,कोहपुरमा जारी नेत्रहीन क्रिकेट प्रतियोगितामा बर्दिया नेत्रहीन क्रिकेट संघ फाइनल पुगेको छ ।

पहिलो सेमिफाइनलमा सोमबार बर्दियाले कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघलाई एक रनले पराजित गरेको गरेको हो । बर्दियाले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको कर्णालीले १५४ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित २० ओभरमा १५५ रनको योगफल तयार पार्यो ।  बर्दियाका नरेश चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।