कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जित

रियो दी जेनेरियो, (खेलाडी)- लियोनेल मेसीले गोलको अवसर मिलाएपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ मा पहिलो जित हासिल गर्ने क्रममा शनिबार उरुग्वेमाथि १-० को नतिजा निकालेको छ । 

१९९३ यता कोपा अमेरिकाको उपाधि जित्‍न नसकेको अर्जेन्टिनाले पहिलो खेलमा चिलीसँग १-१ को बराबरी नतिजा निकालेको थियो । तर दोस्रो खेलबाट तीन अंक थप्‍ने क्रममा मेसीको पास उपयोग गर्दै गुइडो रोडरिग्वेजले गोल गरे ।

१३औं मिनेटमा गरेको गोल रोडरिग्वेजको पहिलो अन्तर्राष्‍ट्रिय गोल थियो । 

जितपछि अर्जेन्टिना चार अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । समान चार अंकका साथ चिली पनि शीर्ष स्थानमा छ । पहिलो खेलमा बोलिभियामाथि जित हासिल गरेको पाराग्वे तीन अंकका साथ दोस्रो स्थनमा छ भन उरुग्वे र बोलिभियाको खातामा कुनै पनि अंक छैन । 

चिलीले शनिबारै चाढोगरी सम्पन्‍न खेलमा बोलिभियामाथि १० को जित हासिल गरेको थियो ।