चैत्र १८, २०८२ बुधबार | ०९:१७:३७
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

रहेनन मिल्खा सिंह

नयाँ दिल्ली, (एजेन्सी)- भारतका चर्चित धावक मिल्खा सिंहको कोभिड १९ का कारण शुक्रबार राती निधन भएको छ । गत एक महिनादेखी कोभिड १९ सँग जुधिरहेका ९१ वर्षिय सिंहको चण्डीगढस्थित एक अस्पतालमा निधन भएको हो । 

कोभिड १९ कै कारण उनकी पत्‍नी निर्मल कौरको पनि एक साताअघि ८५ वर्षको उमेरमा निधन भएको थियो । ‘फ्लाइङ सिख’को उपनामबाट परिचित सिंह जेठ ६ गते कोरोना संक्रमित भएका थिए । बीचमा कोभिड १९ परिक्षणको नतिजा नेगेटिभ आएपछि सिंहलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर शरिरमा अक्सिजनको मात्रा कम भएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो । 

बेलायतको कार्डिफमा सम्पन्‍न १९५८ को कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेपछि सिंहको चर्चा चुलिएको थियो । सोही वर्ष सिंहले टोकियोमा सम्पन्‍न एसियाली खेलकुदमा पनि दुई स्वर्ण पदक जितेका थिए । टोकियोमा उनले २ सय र ४ सय मिटर दुरीको दौडमा स्वर्ण पदक जितेका थिए । 

इटालीको रोममा सम्पन्‍न १९६० को ओलम्पिकमा सिंह ४ सय मिटर दौडमा चौथो स्थान हासिल गरेका थिए । सिंहले इन्डोनेसियाको जाकार्तामा सम्पन्‍न १९६२ को एसियन गेम्समा पनि ४ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए । 

सिंहका तीन छोरी र एक छोरा छन् । भारत सरकारले सिंहलाई १९५९ मा पध्‍मश्री अवार्डबाट सम्मानित गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो