मेयर भेट्रान्स कप

सेमिफाइनल समिकरण पूरा

काठमाडौं । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइन समिकरण पूरा भएको छ । 

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न क्वार्टरफाइनलमा झापा भेट्रान्स फुटबल क्लबले चितवन भेट्रान्स फुटबल क्लबलाई ४-० ले हराउदै सेमिफाइनलको टिकट पक्का गर्यो ।

झापाको सहज जितमा अंकुर कुरमा खड्गी, रमेश गुरुङ ,लोकबहादुर आले र नरेन्द्रमणी लिम्बुले समान एक गोल गरे ।

यसअघि शुक्रबार नै भएका खेलमा त्रिभुवन आर्मी भेन्ट्रान्स,एफई खुमलटार भेट्रान्स र एसएनकेसीले पनि सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।