नेपालले इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं, (खेलाडी)- एएफसी यु-२३ एसियन कप छनोटको तयारीमा रहेको नेपालले शुक्रबार ताजकस्तिानमा इन्डोनेसियाको यु–२३ टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएकोे छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कार्तिक पाँच गते नेपाल र इन्डोनेसियाको यु-२३ टोलीबीच मैत्रीपूर्ण खेल तय भएको जनाएको छ । 

ताजकिस्तानमा कार्तिक आठ गतेबाट सुरु हुने एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । 

प्रतियोगिताका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार साफ च्याम्पियनसिप उपविजेता टोलीका ६ खेलाडीलाई समावेश गर्दै  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए ।

समूह ’बी’ मा रहेको नेपालले पहिलो खेलमा कार्तिक आठमा इरानसँग खेल्ने छ भने दोस्रो खेल कार्तिक ११ मा आयोजक ताजकिस्तान र अन्तिम खेल कार्तिक १४ मा लेबननसँग खेल्नेछ ।