नेपाली राष्ट्रिय क्रिक्रेट टोलीकाे मुख्य प्रशिक्षकका लागि दर्खास्त अह्वान 

काठमाडौं, (खेलाडी)-  नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागी दरखास्त आह्वान गरेको छ । 

क्यानले सोमबार  दरखास्त आह्वान गरेको हो ।

क्यानले प्रशिक्षणका लागी इच्छुक प्रशिक्षक इसिबी वा सिए लेभल तीन पूरा गरेको, आइसीसीको पूर्ण सदस्य, एसोसियट सदस्य वा पहिलो श्रेणीको टोलीमा कम्तीमा पाँच वर्ष प्रशिक्षणको अनुभव भएकाले कारणसहित अक्टोबर ३१ सम्म दरखास्त दिन भनेको छ । 

 डेभ वाटमोरले ओमानमा भएको आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत क्रिकोणात्मक शृंखलापछि व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएपछि नेपाली टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो । खुल्ला प्रतिस्पर्धाबाट एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका वाटमोरले आठ महिनामा नै राजिनामा दिएका थिए ।