युभेन्टस

पुलिसिक भित्र्याउने युभेन्टसको इच्छा

काठमाडौं । इटालियन सिरी‘ए’ क्लब युभेन्टसले अमेरिकी विंगर किस्टियन पुलिसिक भित्र्याउने इच्छा देखाएको छ ।

इएसपिएनका अनुसार युभेन्टस आगामी जुलाई ट्रान्सफर विन्डोमो इङ्लिस क्लब चेल्सीबाट पुलिसिक भित्र्याउन चाहन्छ  ।

सझौता अझै एक वर्ष बाँकी रहे पनि पुलिसच चेल्सी छाड्न चाहन्छन् । पुलिसचले यो सिजन २४ खेलमा मात्र एक गोल गर्न सके । 

सन् २०१९ मा जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डबाट चेल्सी भित्रिएका पुलिसले ९८ प्रिमियर लिग खेलमा २० गोल गरेका छन् ।

पुलिसिच अनुबन्धका लागि इङ्लिस प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेड, इटालीको नेपोली र एसी मिलान तथा टर्कीको गालाटासारेले पनि इच्छा देखाएका छन् ।