मंसिर १८, २०८२ बिहीबार | २३:४२:११
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

क्लबहरुले लिग सकिएपछि मात्र राष्ट्रिय टोलीका खेलाडी रिलिज गर्ने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिजिनल लिगका १० क्लबले लिग सकिएपछि मात्र राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी रिलिज गर्ने भएका छन् ।

क्लबहरुको बिहीबार बसेको बैठकले लिग सकिएपछि मात्र खेलाडी रिलिज गर्न निर्णय गरेका हो ।

यसैगरी बैठकले एन्फाले लिगको तयारी खर्च, म्याच मनी, ‘म्यान अफ द म्याच’ ले पाउने रकम उपलब्ध नगराउँदा सम्म जेठ १९ गतेपछिका लिग खेलमा विरोध स्वरुप टोलीका खेलाडी तथा पदाधिकारीहरु कालो पट्टी लगाएर मैदानमा  उपस्थित हुने निर्णय पनि गरेको छ ।

बैठकमा तीन विभागीय र जावालखेल युथ क्लबबाहेका अन्य क्लबका पदाधिकारीहरुको उपस्थिती थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग जेठ २७ गते सकिँदैछ ।

शीर्ष लिग जारी रहेकै अवस्थामा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले  साफ च्याम्पियनसिपका लागि मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए ।

साफ च्याम्पियनसिपको १४औं संस्करण असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ । साफ अगाडी नेपालले फिलिपिन्ससँग मैत्रिपूर्ण खेल खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

फिफाको प्रतिबन्धको कारण श्रीलंकाले यस संस्करण खेल्ने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन् ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसहित साबिक विजेता तथा आयोजक भारत, कुवेत र पाकिस्तान तथा समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश  छन् ।  

असार ६ मा हुने उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्नेछ । यो खेल नेपाली समयअनुसार दिउँसा ३ः४५ बजे सुरु हुनेछ ।

यसैगरी नेपालले असार ९ मा मा आयोजक भारत तथा असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ ।

माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३-० ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।


नेपालको प्रारम्भिक टोली

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षकः विक्रम लामा, रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ,विमल पाण्डे, सनिश श्रेष्ठ, निशान्त खड्का, आशिष गुरुङ, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी,नवीन लामा, एरिक विष्ट, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, विशाल तामाङ

फरवार्डः नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन  

 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS