युरोपा लिग

सेभियालाई युरोपा लिग

मड्रिड । इटालियन सिरी ए को क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले निराश पार्दै सेभियाले सातोैं पटक युरोपा  लिगको उपाधि जितेको छ ।

रोमाका प्रशिक्षक जोजे माउरिन्हो युरोपियन प्रतियोगिताको फाइनलमा निराश भएको यो पहिलो पटक हो । ३५औं मिनेटमा पाबलो डिबालाको गोलमा रोमाले अग्रता लिएको थियो ।

डिबालाको गोलमा जियानलुका मान्चिनीले असिस्ट गरेका थिए । तर ५५औं मिनेटमा मान्चिनीले आत्मघाती गोल गरेसँगै सेभिया खेलमा फर्किएको थियो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत १-१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । 

पेनाल्टी सुटआउटमा सेभियाका ओकाम्पोस,लामेला, राकिटिच र मोन्टियलको प्रहार सफल भयो भने रोमाका क्रिस्टान्टेको प्रहारले मात्र जाली चुम्यो । मान्चिनी र रोजर इबानेजको प्रहार विफल भयो ।

युरोपा लिग विजेता बनेसँगै सेभियाले आगामी सिजनको च्याम्पियन्स लिगको टिकट पक्का गरेको छ ।