राष्ट्रिय खेलकुद परिषद्

शिवांगीले प्राप्त गरिन् यात्रा अनुमति पत्र

काठमाडौं । सन् २०१९ मा घरेलु भुमीमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कुस्तीबाट नेपाललाई रजत पदक दिलाएकी शिवांगी दुवेले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) प्राप्त गरेकी छन् ।

प्राविधिक कारणले नेपाली नागरिकता पाउन कठिनाइ हुँदा राहदानी बनाउन समस्या भइ अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत वञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रलाई पदक दिलाएकी र भविष्यमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता दिलाउन सक्ने सभ्मावना भएकी शिवांगीको खेल यात्रालाई सहज बनाउन यात्रा अनुमति पत्रका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत पहल गरेको थियो ।

डडेल्धुरामा जन्मिएकी १९ वर्षीया शिवांगीको नागरिकता र राहदानीका लागि पनि राखेपले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।