इङ्लिस प्रिमियर लिग

डालोट थप ५ वर्ष ओल्ड ट्राफोर्डमै

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता नबिकरण गरेसँगै डियागो डालोटले त्यसलाई विशेष यात्राको संज्ञा दिएका छन । 

२४ वर्षका डालोट नयाँ सम्झौतापछि सन् २०२८ सम्म ओल्ड ट्राफोर्डमै बस्नेछन । उनी सन् २९१८ मा एफसी पोर्टोबाट युनाइटेडमा अनुबन्ध भएका थिए । 

डालोटले युनाइटेडबाट सबैखाले प्रतियोगिता गरि १ सय ७ खेल खेलेका छन । यसबीच उनले २०२०–२१ सिजन भने लोनमा एसी मिलानमा बिताएका थिए ।

‘युनाइटेडबाट खेल्न पाउनु मेरा लागि गर्वको क्षण हो,’उनले भने, ‘पछिल्लो पाँच वर्ष मैले युनाइटेडमा बिताएका समय सम्झनलायक छन । म अहिले युनाइटेडबाट पुनः विशेष यात्रा गर्न उत्साही छु । हामी अहिले म्यानचेस्टर सिटीविरुद्ध हुने एफए कपको फाइनलमा केन्द्रित छौ ।’