इङ्लिस प्रिमियर लिग

योङले भिल्ला छोड्ने

लन्डन । एस्ले योङ आगामी सिजन इङ्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लामा नहुने भएका छन । 

योङ र एस्टन भिल्लाबीचको सम्झौता यस सिजनसँगै अन्त्य हुँदैछ । ३७ वर्षका योङ सन् २०२१ मा इटालियन सिरी ए को क्लब एस्टन भिल्ला फर्किएका थिए । उनले इन्टर मिलानबाट सिरी ए को उपाधि जितेका थिए ।

‘एस्ले योङ आगामी सिजन एस्टन भिल्ला मा हुनेछैनन’,क्लबले जारी गरेको विज्ञप्त्तीमा भनिएको छ, ‘उनले क्लबसँग सम्झौता नबिकरण गरेनन । हामी उनले क्लबप्रति पुर्याएको योगदानप्रति धन्यवाद दिन चाहन्छौ ।’

वाट्फोर्डबाट एक सय खेल खेलेका योङ पहिलो पटक सन् २००७ मा भिल्लामा अनुबन्ध भएका थिए । सन् २०११ मा उनी भिल्लाबाट म्यानचेस्टर युनाइटेड गएका थिए । उनले युनाइटेडबाट प्रिमियर लिग, एफए कप, इङ्लिस लिग कप र युरोपा लिग जितेका थिए । उनले नौ वर्ष ओल्ड ट्राफोर्डमा बिताएका थिए ।उनी सन् २०२० मा युनाइटेडबाट इन्टर गएका थिए  ।

उनले भिल्लाबाट कुल २ सय ५० खेल खेलेका छन ।