महिला विश्वकप

बेथ मिड इङ्ल्यान्डको टोलीबाट बाहिर

काठमाडौं । फरवार्ड बेथ मिड महिला विश्वकप खेल्ने इङ्ल्यान्डको टोलीबाट बाहिरिएकी छन् ।

युरो २०२२ को सर्वाधिक गोलकर्ता मिडले एन्टिरियर क्रुसिएट लिगामेन्ट (एसिएल) को चोटबाट पूर्णरुपमा निको नभएका कारण टोलीमा स्थान बनाउन नसकेकी हुन् ।

आर्सनलबाट ब्यवसायीक फुटबल खेल्ने मिड गत नोभेम्बर यता मैदान बाहिर छिन् ।

टोटेनह्यामकी फरवार्ड बेथनी इङ्ल्यान्ड र चेल्सीकी रक्षक मिली ब्राइटले भने टोलीमा स्थान बनाएका छन् । उनीहरु चोटका कारण लामो सयम देखि मैदान बाहिर थिए ।

इङ्ल्यान्डकी नियमित कप्तान लेह विलियम्स र फ्रान किर्बीले यसअघि नै विश्वकप गुमाउने निश्चित भइसकेको थियो । तर अप्रिलमा घुँडाको शल्यक्रिया गरे पनि बार्सिलोनाकी रक्षक लुसी ब्रोन्जले भने टोलीमा स्थान बनाएकी छन् ।

मुख्य प्रशिक्षक सरिना विगम्यानले वलियम्सनको अनुपस्थितिमा ब्राइटलाई टोलीको कप्तानी जिम्मेवारी दिएकी छन् ।

लोरा कोम्ब्स, लरेन जेम्स, नियाम चार्ल्स, एस्मे मोर्गन, केटी जिलेम र केटी रोबिन्सनले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन् ।

इङल्यान्डले आफ्नो पहिलो खेल जुलाई २२ मा हाइटीविरुद्ध खेल्नेछ ।

 इङ्ल्यान्डको टोली

गोलकिपरः मेरी इरप्स, हन्ना ह्याम्पटन (एस्टन भिल्ला), एली रोबुक

रक्षकः मिली ब्राइट, लुसी ब्रोन्ज, जेस कार्टर, नियाम चार्ल्स एलेक्स ग्रिनउड , एस्मे मोर्गन, लोटे वुबेन–मोय

मिडफिल्डरः लोरा कोम्ब्स, जोर्डन नोब्स, जर्जिया स्टेनवे, एला टुने, केइरा वाल्श, केटी जिलेम

फरवार्डः राहेल डेली, बेथानी इङ्ल्यान्ड, लरेन हेम्प, लरेन जेम्स,क्लो केली,  केटी रोबिन्सन, एलेसिया रुसो