वैशाख २६, २०८२ शुक्रबार | १६:२७:४५
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

आयोजक बिएमसीएको विजयी सुरुआत

काठमाडौं । आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) ‘बी’ ले प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी सुरुआत गरेको छ ।

सिनियर गर्ल्समा पनि बिएमसीएले विजयी भयो । जुनियर ब्वाइजमा बिएमसीएले मिश्रित नतिजा निकाल्यो । 

बुढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बुधबार बिएमसीए ‘बी’ ले सेन्ट जेभियर्सलाई २४-१७ ले पराजित गरेको हो  । विजयी टोलीका लागि सुजन तामाङले १४ अंक जोडे ।

सिनियर ब्वाइजमै हिमालयन किङडमले मन्जरीलाई २४-१४, सेन्ट जोसेफले मनास्लुलाई ३८-२८ र स्कोलर्स होमले टेरेसा एकेडेमीलाई ३४-२५ ले हराए । हिमालयनका मिङमारले ११, सेन्ट जोसेफका इशान राईले आठ र स्कोलर्स होमका न्हुजा महर्जनले नौ अंक जोडे ।

बिएमसीए र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको सिनियर गर्ल्स सेन्ट जोसेफले मनास्लुलाई १७-११, बिएमसीएले भद्रकालीलाई १९-१४ र टेरेसाले सेन्ट जेभियर्सलाई १४-१० ले हराए । सेन्ट जोसेफकी प्रितिमा गुरुङले ६, बिएमसीएकी लक्ष्मी तामाङले नौ र टेरेसाकी अन्जली श्रेष्ठले पाँच स्कोर गरे ।

जुनियर ब्वाइजमा बिएमसीएले भद्रकालीलाई १७-१३ ले हरायो । विजयी टोलीका लागि सन्देश तामाङले सात अंक बटुले । सेन्ट जोसेफले बिएमसीएलाई १८-११ ले पराजित गर्यो। सेन्ट जोसेफका सन्जोग मगरले ६ स्कोर गरे ।

प्रतियोगिताको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङ र बुढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले संयुक्त रुपमा उद्घाटन गरे । 

प्रतियोगितामा सिनियर ब्वाइजमा २७, सिनियर गर्ल्समा १६ र जुनियर ब्वाइजमा १० गरी ५३ टाली सहभागी छन् ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP