सहिद स्मारक ए डिभिजन लिग

चर्च ब्वाइजलाई अग्रता बढाउने अवसर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज विभागिय क्लब एपिएफको सामना गर्दा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड जितसहित अग्रता बढाउने लक्ष्यमा हुनेछ । 

चर्च ब्वाइज २२ खेलमा ३८ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानमा रहेको साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबभन्दा २ अंक मात्र बढी हो । चर्च ब्वाइजले पछिल्लो ३ खेलमा मात्र २ अंक जोडेको छ । 

मनाङ र हिमालयन शेर्पा क्लबसँग अंक बाँडेको चर्च ब्वाइले शनिबार संकटा क्लबलाई १-० को नतिजा सुम्पिएसँगै अग्रता बढाउने अवसर गुमाएको थियो । 

यता शनिबार नै सम्पन्न खेलमा जावलाखेल युथ क्लबमाथि २-० को जित निकालेको एपिएफ चर्च ब्वाइजको लक्ष्यमा बाधक बन्न चाहन्छ । एपिएफ २२ खेलमा २९ अंकसहित छैटौं स्थानमा छ । 

आजै हुने पहिलो खेलमा जवालाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल २२ खेलमा ३४ अंकसहित तेस्रो स्थानमा छ । यता आर्मी भने २२ खेलमा ३० अंकसहित पाँचौ स्थानमा छ । 

यी दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल दिउँस ३ बजे र दोस्रो खेल साँझ ६ बजे हुनेछ ।