ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

मलेसियाले दियो नेपाललाई ९७ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली मलेसियाले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालसामू ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वाइएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रनकाे योगफल तयार पारेको थियो । 

मलेसियाको लागि मास एलिसा २८, विनीफ्रेड दुराइसिंगम र वान जुलियाले समान २० तथा हामिजाह हासिमले अविजित १४ रन बनाए । 

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले दुई तथा इन्दु बर्मा र कविता कुँवरले समान एक विकेट लिए ।

पहिलो खेलमा पाँच विकेटको हार ब्यहोरेको नेपाल जित निकाल्दै शृंखला बराबरी गर्न चाहन्छ ।