मधेश प्रदेश फुटबल संघ

मधेस प्रदेश फुटबल संघको अध्यक्षमा कार्की

काठमाडौं । मधेस प्रदेश फुटबल संघको अध्यक्षमा नेपाल कार्की सर्वसम्मत चयन भएका छन् ।

रौतहटको चन्द्रपुरमा शनिबार सम्पन्न संघको अधिवेशनले रौतहटका कार्कीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुप्ता(महोत्तरी), सुमन कुमार श्रेष्ठ(सिरहां र राजदेव प्रसाद साह (धनुषा) चुनिए ।

महिलासदस्यमा ललिताकुमारी चौधरी (रौतहट) तथा सदस्यमा, राजिपकुमार यादव(सिरहा, संजयकुमार मण्डल (धनुषा), राजेशकुमार पटेल(पर्सा), सुरेश खड्का(सप्तरी), राजकिशोर घामी बारा), निग्मा लामा(सर्लाही) शम्भुकुमार चौधरी .सिरहा), उदय श्रेष्ठ (बारा), बाबुराम दाहाल (रौतहटं र रमेशकुमार श्रेष्ठ(सप्तरीं) चुनिए ।

यसैगरी कार्यसमितिको पहिलो बैठकले दीपक साह कानुलाई महासचिव तथा शम्भु सिंह ठकुरीलाई कोषाध्यक्षमा नियुक्त गरेको छ ।

चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले उद्घाटन गरेको अधिवेशनमा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामाको उपस्थिती रहेको थियो ।