म्यानचेस्टर युनाइटेड

रासफोर्ड क्लबमै रहने टेन हागको विश्वास

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले स्ट्राइकर मार्कस रासफोर्ड क्लबमै बस्ने विश्वास व्यक्त गरेका छन् ।

बिबिसीका अनुसार पछिल्लो समय युनाइटेड र रासफोर्डबीच सम्झौता नवीकरणका लागि छलफल भइरहे पनि कुनै टुङ्गो भने लागिसकेको छैन ।

२५ वर्षीय इङ्लिस स्ट्राइकर रासफोर्डले यस सिजन सबै प्रतियोगितामा गरी युनाइटेडका लागि २९ गोल गरिसकेका छन् ।

प्रशिक्षक टेन हागले रासफोर्डको लक्ष्य धेरै भन्दा धेरै रहेको र उनको उत्कृष्ट प्रदर्शनप्रेरित क्लबले यस सिजनमा राम्रो प्रदर्शन गरिरहेको बताए ।

मलाई थाहा रासफोर्डसँगको सम्झौता नवीकरणको विषयले केही समय लिइरहेको छ । तर, अहिले म यस विषयमा कुरा गर्न चाहन्न,’टेन हागले भने,‘हाल हाम्रो लक्ष्य भनेको च्याम्पियन्स लिगमा स्थान बनाउनु हो । क्लब रासफोर्डलाई अन्यत्र पठाउन चाहँदैन र मलाई विश्वास छ उनी उनी पनि क्लबमै बस्न चाहन्छन् । ’