इङ्लिस प्रिमियर लिग

युरोपा लिगमा छनोट हुने डे जर्बीको विश्वास

काठमाडौं । इङ्लिस क्लब ब्राइटनका मुख्य प्रशिक्षक रोबर्टो डे जर्बीले क्लब अर्को सिजन युरोपा लिगाका लागि छनोट हुनेमा विश्वस्त रहेको बताएका छन् ।

‘मलाई यो सिजनको प्रर्दशनप्रति साँच्चै गर्व छ, तर हामी समर्थकका लागि क्लबको आफ्नै इतिहास लेख्न चाहन्छौं,’डे जर्बीले भने,‘मलाई विश्वास छ हामी  युरोपा लिगमा छनोट हुने छौं ।  हामीले चेल्सी र म्यानचेस्टर युनाइटेड विरुद्ध दुई पटक जित निकाल्यौं । आर्सनललाई उसैको मैदानमा स्तब्ध बनायौं । लिभरपुललाई हरायौं त्यसैले मलाई लाग्छ हामी युरोपका लागि योग्य छौं। यो सहज छैन तर हामीले आफ्नो शतप्रतिशत दिने प्रयास गर्नुपर्छ ।’

लिगमा तीन खेल बाँकी छँदा ब्राइटन ५८ अंकका साथ छैटौं स्थानमा छ । यो सातौं स्थानको टोटनहम तथा आठौं स्थानको एस्टन भिल्लाको भन्दा मात्र एक अंक बढी हो ।

ब्राइटनले घरेलु मैदान एमेक्स स्टेडियममा आइतबार रेलिगेसनमा परिसकेको साउथह्याम्प्टनसँग खेल्दै छ । यसैगरी ब्राइटनले म्यानचेस्टर सिटीसँग मे २५ तथा सिजनको अन्तिम खेल मे २८ मा एस्टन भिल्लासँग खेल्नेछ ।