सहिद स्मारक ‘ए’ डिभिजन लिग

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो जावलाखेल

काठमाडौं । अग्रता जोगाउन नसक्दा सातदोबाटो युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)साँग १–१ को बराबरीमा रोकिएको छ ।

बराबरीसँगै शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको जावलाखेलको १९ खेलमा ३२ अंक छ । यो शीर्ष स्थानको चर्च ब्वाइजको भन्दा एक अंक कम हो । समान खेलमा २३ अंकका साथ एनआरटी आठौं स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार सम्पन्न खेलको ३७ औं मिनेटमा सुनिल खड्काले जावलाखेललाई अग्रता दिलाए । एनकोटो मासोबीको प्रहारमा एनआरटीका रक्षकलाई लाग्दै आएको रिबाउन्डलाई सुनिलले पहिलो टचमै पोस्टको दिशा दिएका थिए । 

 ५०औं मिनेटमा लाल्नुन्जामाले एनआरटीलाई बराबरीमा ल्याए । कृतिश रत्न छुन्जुको क्रस दीपेश आले मगरलाई लाग्दै फर्केपछि लाल्नुन्जामाले  गोल गरेका थिए ।

  जावलाखेल लिगमा एनआरटीविरुद्ध अपराजित रह्यो । पहिलो लेगमा जावलाखेल २-१ ले विजयी भएको थियो ।