सहिद स्मारक ‘ए’ डिभिजन लिग

पुलिसले छाड्यो रेलिगेसन क्षेत्र

फाइल फोटो

काठमाडौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंगलबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपिएफ फुटबल क्लबलाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लबले रेलिगेसन क्षेत्र छाडेकाे छ । 

जितसँगै १८ खेलमा  ६ जित, चार बराबरी र आठ हारको नजितासहित २२ अंक जोडेको पुलिस १०औं उक्लिएको छ । पराजय ब्यहोरेको एपिएफ समान खेलबाट ६ जित चार बराबरी र आठ हारको नतिजासहित २२ अंकका साथ ११औं  स्थानमा झरेको छ ।

च्यासल मैदानमा खेलको ६१ औं मिनेटममा मोसेस टोएमले गरेको गोल नै पुलिसलाई जित दिलाउन पर्याप्त बन्यो ।

पहिलो लेगमा एपिएफ २-० ले विजयी भएको थियो ।