आइसिसी महिला ट्वान्टी-२० विश्वकप

महिला ट्वान्टी-२० विश्वकपको एसिया छनोटमा नेपालसहित ११ टोली

फाइल तस्बिर

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकपको एसिया छनोटमा नेपालसहित ११ टोलीले सहभागीता जनाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिस) ले मंगलबार २०२४ को विश्वकपको एसिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने जनाएको छ।

प्रतियोगितामा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, युएई, हङकङ, भुटान, चीन, बहराइन, कुवेत र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछन् ।

एसियासहित अफ्रिका र युरोपबाट समान दुई तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट समान एक टोली ग्लोबल क्वालिफायरमा छानिने छन् ।

क्षेत्रिय छनोटबाट आउनले टोलीले ग्लोवल क्वालिफायरमा आयरल्यान्ड र श्रीलकासँग प्रतिस्र्धा गर्नेछन् ।

महिला ट्वान्टी-२० विश्वकप आगामी वर्ष बंगलादेशमा हुनेछ ।