भाद्र ५, २०८२ शुक्रबार | २३:३८:३७
उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल

बराबरीमा रोकिए थ्री स्टार र आर्मी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले १-१ को बराबरी खेलेका छन् ।

यस बराबरीसँगै थ्री स्टार १८ खेलमा ६ जित र आठ बराबरी र चार हारको नतिजासहित २६ अंक जोडेर  चाैथाै स्थानमा उक्लिएकाे छ। आर्मी समान खेलमा ६ जित, सात बराबरी र पाँच हारको नितजासहित २५ अंकका साथ छैटौं स्थानमा यथावत छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा थ्री स्टारका लागि लाकेन लिम्बु तथा आर्मीका लागि दिनेश हेन्जनले गोल गरे ।

अग्रता जोगाउन नसक्दा थ्री स्टार अंक बाँड्न बाध्य बन्यो । खेलको ६८औं मिनेटमा लाकेनको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो ।

लाकेनले आर्मीेका गोलकिपर विकेश कुथुले रिलिज गरेको बललाई नियन्त्रणमा लिँदै मैदानको मध्य भाग भन्दा केही अगाडीबाट जाली चुमाएका थिए ।

८६औं मिनेटमा दिनेशले आर्मीलाई बराबरीमा ल्याए । दिनेशले सुदिल राईको क्रसलाई हेडमार्फत गोलमा परिणत गरे ।

दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

खेलको आठौं मिनेटमा जगजित श्रेष्ठको प्रहारलाई थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाउँदा आर्मी अग्रता लिन चुक्यो ।

४०औं मिनेटमा सुनिल तामाङको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।

७३ औं मिनेटमा थ्री स्टारका रक्षक पिटर सेगुनले  दिनेशको फ्रिकिकलाई गोललाइनबाट क्लियर गर्दा आर्मीले बराबरी गर्ने अवसर गुमाएको थियो ।

८३ औं मिनेटमा आदित्य शाक्यको हेडरमा मार्टिन्स अजयीको प्रहारलाई आर्मीका गोलकपिर विकेशले बचाउँदा थ्री स्टारले अग्रता दोब्बर बनाउन सकेन । 

 थ्री स्टार लिगमा आर्मीविरुद्ध अपराजित रह्यो । पहिलो लेगमा थ्री स्टार १-० ले विजयी भएको थियो । 

 


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas