इङ्लिस प्रिमियर लिग

अर्टेटाले समर्थकसँग माफी मागे

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु मैदानमै  ब्राइटनसँग ३-० को पराजय ब्यहारेपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफ्ना समर्थकसँग माफी मागेका छन् ।

ब्राइटनसँगको हारसँगै आर्सनलको उपाधि सम्भावना लगभग समाप्त भएकाे छ । आर्सनल शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछाडी छ ।

‘ब्राइटनसँगको हारको सम्पूर्ण जिम्मेवारी लिँदै म हाम्रा समर्थकसँग माफी माग्न चाहन्छु,’ अर्टेटाले भने,‘गणितिय हिसाबले अझै सम्भावना रहे पनि हामीले यो स्विकार्नु पर्छ की उपाधि हाम्रो हातबाट फुत्किइ सकेको छ । याे गाह्रो भए पनि सत्य यही हो ।’