एनबिए

एनबिए स्टार जा मोरन्ट निलम्बनमा

काठमाडौं । नेस्सनल बास्केटबल एसाेसिएसन (एनबिए)को क्लब मेम्फिस ग्रिज्लिजले आफ्ना स्टार जा मोरन्टलाई निलम्बन गरेको छ।

दोस्रो पटक सामाजिक सन्जालमा बन्दुक समातेको भिडियोमा देखिएपछि ग्रिज्जिलले मोरन्टलाई क्लबको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो । क्लबले मारन्टलाई कती समयका लागि निलम्बन गरिएको हो भन्ने खुलाएको छैन ।

२३ वर्षीय मोरन्ट शनिबार इन्स्टाग्राम भिडियोमा साथीसँग बन्दुकका साथ देखिएका थिए । यसअघि पनि मोरन्ट कोलोराडोको एक नाइट क्लबमा बन्दुक बोकेको भिडियो सार्वजनिक भएपछि निलम्बनमा परिसकेका छन् ।

 उक्त घटनापछि गएको मार्चमा एनबिएले मोरन्टलाई बिना तलब आठ खेलका लागि निलम्बन गरेको थियो ।