एफए कप

एफए कपको उपाधिमा चेल्सीको ह्याट्रिक

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै चेल्सीले महिला एफए कपको उपाधिमा ह्याट्रिक गरेको छ ।

वेम्बली स्टेडियममा आइतबार राति सम्पन्न फाइनल खेलको ६८औं मिनेटमा साम केरले गरेको गाेल चेल्सीलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो । केरले पेर्निल हार्डरको पासलाई सदुपयोग गरेकी थिइन् ।

चेल्सीले सन् २०२१-२१ को सिजनमा अर्सनललाई ३-० तथा अघिल्लो सिजनमा म्यानचेस्टर सिटीलाई ३-२ ले पराजित गर्दै उपाधि जितेको थियो । सम्रगमा चेल्सीको यो पाँचौ एफए कप उपाधि हो ।

चेल्सी एस्टन भिल्लालाई १-० तथा युनाइटेड ब्राइटनलाई ३-२ ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।