सहिद स्मारक ए डिभिजन लिग

मच्छिन्द्र र खुमलटार भिड्दै

काठमडौ । सहिद स्मारक ए डिभिजन लिगमा आज एफसी खुमलटारको सामना गर्दा मच्छिन्द्र फुटबल क्लब जितसहित शीर्ष स्थानको जावलाखेल युथ क्लबसँग अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ । 

शीर्ष स्थानको जावलाखेलको १८ खेलमा ३१ अंक छ । तेस्रो स्थानको मच्छिन्द्रको १७ खेलमा २७ अंक छ । दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडको १७ खेलमा ३० अंक छ । खुमलटारको भने १७ खेलमा १७ अंक छ । 

शुक्रबार न्युरोड टिम (एनआरटी) विरुद्ध २-० को अग्रता लिए पनि खुमलटार २-२ को बराबरीसहित अंक बाँड्न बाध्य भएको थियो । 

यी दुई टोलीबीचको खेल दिउँस ३ बजे एन्फा मुख्यालय सातदोबाटोमा हुनेछ । 

आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

हिमालयन शेर्पा १७ खेलमा २१ अंकसहित १० औं स्थानमा छ । संकटा भने १७ खेलमा २० अंकसहित १२औं स्थानमा छ ।