सहिद स्मारक ‘ए’ डिभिजन लिग

फ्रेन्ड्सले छाड्यो रेलिगेसन क्षेत्र

फाइल फोटो

काठमडाैं । न्युरोड टिम (एनआरटी) सँग २-२ को बराबरीमा रोकिए पनि फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसन क्षेत्र छाडेको छ ।

यस बराबरीसँगै १८ खेलमा २० अंक जोडेको फ्रेन्ड्स ११औं स्थानमा उक्लिएको छ । एनआरटी १८ खेलमा २२ अंकका साथ आठौं स्थानमा उक्लिएको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स अंक बाँड्न बाध्य बन्यो ।

खेलको २८औं मिनेटमा रफिक अमिनुले  फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा अमित तामाङको आत्मघाती गोलमार्फत एनआरटी बराबरीमा आयो ।

६६औं मिनेटमा अमितले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई २-१ ले अगाडी बढाए । ८९औं मिनेटमा निकोलस सङ्गले गोल गर्दै एनआरटीलाई हारबाट जोगाए ।

लिगमा एनआरटीविरुद्ध फ्रेन्ड्स अपराजित रह्यो । पहिलो लेगमा फ्रेन्ड्स ३-१ ले विजयी भएको थियो ।