आइपिएल

राजस्थानमाथि बेङ्लोरको फराकिलो जित

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा घरेलु टोली रमजस्थान रोयल्समाथि एक सय १२ रनको फराकिलो जित निकालेको छ ।  

सवाइमान सिंह स्टेडियममा बेङ्लोरले प्रस्तुत गरेको एक सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमा ५९ रनमै समेटियो ।

जितसँगै १२ खेलमा १२ अंक जोडेको बेङलोर पाँचौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको राजस्थान १३ खेलमा १२ अंकका साथ छैटौं स्थानमा झरेको छ ।

राजस्थानका लागि सिम्रन हिटमायरले ३५ र जो रुट १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बेंगलोरका लागि वायन पार्नेलले तीन तथा कर्ण शर्मा र माईकल ब्रेसवेलले दुई तथा मोह्म्मद सिराज र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बेङ्लोरले निर्धारित २० ओभरमा पाँच विकेट एक सय ७१ रनको योगफल तयार पारेको थियो ।

बेङगलोरका लागि कप्तान फाफ डु प्लेसिसले ४४ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५५ रन बनाए । ग्लेन म्याक्सवेलले ३३ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५४, अनुज रावलले अविजित २९ र विराट कोहीले १८ रन जोडे ।

दोस्रो विकेटका लागि डुप्लेसिस र म्याक्सवेले ६९ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि केएम आसिफ र एडम जाम्पाले समान समान तथा सन्दीप शर्माले एक विकेट लिए ।