वैशाख २६, २०८२ शुक्रबार | १६:०९:२९
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

बिएनए कपः एचएचसिए र भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं । एचएचसिए र भ्याली पब्लिक छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एचएचसिएले आइतबार लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६-१२ ले पराजित गरेको हो । एचएचसिएकी पेमा लामाले सात अंक योगदान गरिन् । अनिता गुरुङको नौं अंक सहयोगमा भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई २६-१५ ले हरायो ।

सिनियर गरल्समै पृथ्वीले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई १६-१३ तथा फेरिल्यान्डले नेपाल मोडेललाई १५-१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पृथ्वीकी बविता घिमिरेले आठ तथा फेरिल्यान्डकी कृपा न्यौपानेले ६ स्कोर गरे ।

जुनियर ब्वाइजमा बिएनएले सिद्धार्थ मोडेललाई १९-१५, एन्जल्स हार्टले फेरिल्यान्डलाई १५-१२, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८-१२ र स्किब्सले इडेन ब्रिज एकेडेमी (इबिए) लाई १७-११ ले हराउँदै सेमिफाइनल यात्रा तय गरे । 

बिएनएका सुशान्त मगरले नौं, एन्जल्स हार्टका रुपेश पौडेलले सात, गोल्डेनपिकका अमन गुरुङले नौ र स्किब्सका सोहन ठकुरीले आड अंक बटुले ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा ग्रिनल्यान्डले गोल्डेनपिकलाई २१-१३, भ्याली पब्लिकले ओडिसीलाई ९-६, एचएचसिएले पृथ्वीलाई ११-७ र इबिएले बिएनएलाई ११-८ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP