सहिद स्मारक‘ए’ डिभिजन लिग

पहिलो हाफमा मछिन्द्रलाई अग्रता

फाइल फोटो

काठमाडौं । साबिक विजेता मछिन्द्र क्लबले सहिद स्मारक‘ए’ डिभिजन लिगमा थ्री स्टारविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

च्यासल मैदानमा जारी खेलको १०औं मिनेटमा युटा ले मछिन्द्रलाई अग्रता दिलाए । सुजुकीले ओलावाले अफिजको प्रहारलाई थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए पनि रिबाउन्ड बललाई पोस्टको दिशा दिए ।

२३औं मिनेटमा लाकेन लिम्बुको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा थ्री स्टाले बराबरी गर्ने अवसर गुमायो ।

थ्री स्टार १६ खेलमा २५ अंक जोडेर तेस्रो स्थानमा छ । मछिन्द्र समान खेलबाट २४ अंकका साथ चौथौ स्थानमा छ ।