सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा आर्मी १-० ले अगाडी

फाइल फोटो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडविरुद्ध पहिलो हाफमा १-० को अग्रताच लिएको छ ।

त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा जारी खेलकाे ४३औं मिनेटमा जिलेस्पीजंग कार्कीको गाेलमार्फत आर्मीले अग्रता लिएको थियो । जितेन्द्र कार्कीको क्रसलाई पेनाल्टी बक्सभित्र रहेका जिलेस्पीले हेडमार्फत पोस्टको दिशा दिए ।

दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन्। 

१९औं मिनेटमा आर्मी नवयुग श्रेष्ठको फितलो प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाए । त्यसको केही सेकेन्ड्समै दिनेश हेन्जनले पेनाल्टी बक्स बाहिरबाट  गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे ।

२४औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा नवयुगको हेडर प्रिसोले बचाए । २८औं मिनेटमा चर्च ब्वाइजका मौसम सुब्बाले गोलको सुनौलो अवसर गुमाए । पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका मौसमको फितलो प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल पारे ।  

आर्मी १६ खेलमा २१ अंकका साथ आठौं स्थानमा छ । चर्च ब्वाइज समान खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा छ ।