इङ्लिस फुटबल

स्माइल वाटफोर्टको प्रशिक्षकमा नियुक्त

काठमाडौं । च्याम्पियनसिपको क्लब वाटफोर्डले भ्यालेरियन इस्माइललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्लबले क्रिस वाइल्डरको स्थानमा इस्माइललाई मुख्य प्रशिक्षको जिम्मेवारी दिएको हो । इस्माइल पछिल्ला ११ वर्षमा वाटफोर्डको प्रशिक्षक बन्ने १९औं ब्यक्ति हुन् ।

इस्माइलले यसअघि बार्नस्ले र वेस्ट ब्रोमको प्रशिक्षण सम्हाली सकेका छन् ।

गत मार्च ७ मा प्रशिक्षक बनेका वाइल्डरको प्रशिक्षणमा वाटफोर्डले ११ खेल खेल्दा तीन जित, तीन बराबरी र पाँच हारको नतिजा निकालेको थियो ।

सन् २०१९/२० को प्रिमियर लिग खेलको वाटफोर्ड सोही सिजन च्याम्पियनसिपमा घटुवा भएको थियो । च्याम्पियनसिपको अन्तिम खेलमा स्टोक्स सिटीमाथि २-० को जित निकालेकोले वाटफोर्डले ११औं स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो ।