साफ च्याम्पियनसिप

लेवनानले साफ च्याम्पियनसिप खेल्ने

फाइल फोटो

काठमाडौं । लेवनानले भारतमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने भएको छ । लेवनानले आमन्त्रित टोलीका रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

साफले सोमबार लेवनानको सहभागिता पक्का भएको जानकारी दिएको हो । लेवनानसँगै कुवेतले पनि आमन्त्रित टोलीका रुपमा सभागिता जनाउने छ।

यससँगै प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा यी दुईसहित दक्षिण एसियाका भारत, नेपाल, भुटान, माल्दिभ्स र बंगलादेशको सहभागिता रहँदा फिफाको प्रतिबन्धका कारण श्रीलंकाले च्याम्पियनसीप गुमाउने छ ।

यसअघि साउदी अरेबियाको यु-२३ टोली र मलेसियाललाई सहभागिताका लागि प्रस्ताव गरे पनि उनीहरुले अस्विकार गरेको साफले बताएको छ ।

भारतले जुन २१ देखि जुलाई ३ सम्म साफ च्याम्पियनसिपको १४ औं संस्करण आयोजना गर्दैछ। 

प्रतियोगिताको खेल तालिका भने सर्वाजनिक भएको छैन ।